काठमाडौं – एर्लिङ हालान्डले दुई गोल गरेपछि म्यानचेष्टर सिटीले प्रिमियर लिगमा शनिबार राट्टी साउथह्याम्पटनलाई ४-१ ले पराजित गरेको छ । यस जितपछि शीर्ष स्थानको आर्सनलसँग अंकदूरी ५ मा झार्दै सिटीले उपाधि जित्ने सम्भावना कायम राखेको छ । लिगमा आइतबार आर्सनलले लिभरपुलसँग खेल्दैछ ।
साउथह्याम्पटनको मैदानमा भएको खेलमा सिटीका लागि हालान्डले ४५औं र ६८औं मिनेटमा गोल गरे । दुई गोलसँगै हालान्डले यस सिजन लिगमा ३० गोल गरिसकेका छन् । ज्याक ग्रिलसले ५८औं र युलियन अल्भारेजले ७५औं मिनेटमा गोल गरे ।
साउथह्याम्पटनका सर्कुउ माराले ७२औं मिनेटमा एक गोल फर्काए । जितपछि सिटीले २९ खेलबाट ६७ अंक जोडेको छ । शीर्ष स्थानको आर्सनलको समान खेलबा६ ७२ अंक छ । साउथह्याम्पटन ३० खेलबाट २३ अंकसहित पुछारमा छ ।