बार्सिलोना गिरोनासँग बराबरीमा रोकियो

Byekhel

२८ चैत्र २०७९, मंगलवार २८ चैत्र २०७९, मंगलवार २८ चैत्र २०७९, मंगलवार

काठमाडौं – स्पानिस ला लिगाको शीर्ष स्थानमा रहेको बार्सिलोना गिरोनासँग बराबरीमा रोकिएको छ । सोमबार राति घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले गिरोनासँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको हो । नोउ क्याम्पमा रोवर्ट लेवान्डोस्कीले सुरुमै गोल गर्ने अवसर गुमाएका थिए । फुलहमबाट लोनमा आएका गिरोनाका गोलकिपर पाउलो गाज्जानियाले केही राम्रा बचाउ गरेका थिए ।

यस सिजन बार्सिलोनाले घरेलु मैदानमा अंक गुमाएको यो तेस्रो पटक हो । बराबरीपछि बार्सिलोनाले दोस्रो स्थानको रियल मड्रिडमाथि १५ अंकको अग्रता बनाउने अवसर गुमायो । शनिबार रियल मड्रिड भियारियालसँग ३-२ ले पराजित भएपछि बार्सिलोना फाइदा पुगेको थियो । तर जाभीको टिमले पनि गिरोनालाई हराउन सकेन । यद्यपि बार्सिलोना रियलभन्दा अझै १२ अंकले अघि छ । २८ खेलबाट बार्सिलोनाको ७२ अंक छ भने समान खेलबाट रियलको ५८ अंक छ ।

By ekhel