काठमाडौं – निर्धारित समयमा शहीद स्मारक लिग सन्चालन गर्न नसकेपछि बी डिभिजन क्लबहरुले क्षतिपूर्ति माग गरेका छन् । अखिल नेपाल फुटबल संघ एन्फाले चैत १५ गतेदेखि बी डिभिजन लिग सञ्चालन गर्ने घोषणा गरेको थियो ।समयमा लिग सञ्चालन गर्न नसकेको तर लिगका लागि आफूहरुले तयारी गरिसकेकाले कम्तिमा ४५ दिनको क्षतिपूर्ति माग गरिएको छ ।
सोमबार सबै १४ क्लवका प्रतिनिधिले हस्ताक्षर गरिएको पत्र एन्फाका बुझाइएको छ । लिगको पूर्वनिर्धारित मितिमा चैत १५ गते एन्फा प्रतिनिधि र बी डिभिजन क्लवका प्रतिनिधिबीच छलफल भएको थियो । त्यो छलफलमा चैत १८ गते बस्ने एन्फा कार्यसमितिको बैठकमा क्षतिपूर्तिबारे निर्णय गर्ने आश्वासन पाए पनि सो अनुसार निर्णय नभएको क्लवहरुको मागपत्रमा उल्लेख छ ।