मनाङमस्र्याङ्दी क्लबको अपराजित यात्रामा पूर्णविराम

Byekhel

३० चैत्र २०७९, बिहीबार ३० चैत्र २०७९, बिहीबार ३० चैत्र २०७९, बिहीबार

काठमाडौं – शहिद स्मारक ए डिभिजन लिगमा मनाङमस्र्याङ्दी क्लबको अपराजित यात्रामा पूर्णविराम लागेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको खेलमा सातदोबाटो युथ क्लबले मनाङलाई १–० गोल अन्तरले हराएको हो। सातदोबाटोको जितमा दिपक राज सिंह ठकुरीले निर्णायक गोल गरे।

जितसँगै सातदोबाटो अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। लिगमा पहिलो हार व्यहारेको मनाङ भने दोस्रो स्थानमा झरेको छ। खेलको ४० औं मिनेटमा दिपकराज सिंह ठकुरीको गोलमा सातदोबाटोले अग्रता बनाएको थियो। निरज चौधरीको पासमा दिपकले वन भर्सेस वन गोल गरेका हुन्।

खेलमा मनाङले राम्रो अवसरहरु बनाएपनि गोल निकाल्न भने सकेन। मनाङले आठ खेलमा चारमा जित, ३ मा बराबरी र एक खेलमा हरा भोग्दै १५ अंक बनाएको छ। यता सातदोबाटोले भने पाँच खेलमा जित, एक खेलमा बराबरी र २ खेलमा हारको नतिजा निकालेको छ।

By ekhel