ऋचा मेमोरियल टी–२० क्रिकेटमा एनबीएससी र नेपाल पुलिसको लगातार दोस्रो जित

Byekhel

२ बैशाख २०८०, शनिबार २ बैशाख २०८०, शनिबार २ बैशाख २०८०, शनिबार

विराटनगर – घरेलु टिम एनबीएससी विराटनगर र विभागीय टिम नेपाल पुलिस प्रथम ऋचा मेमोरियल टी–२० क्रिकेट प्रतियोगितामा लागातार दोस्रो जित हात पारेको छ । एनबीएससीले पाहुना टिम दिल्ली युनाइटेडलाई ३२ रनले र नेपाल पुलिसले सुदुरपश्चिमको एनबी ग्रुपलाई ६ विकेटले निराश बनाउँदै सानदार जित हात पारेका हुन् । दिल्ली र सुदुरपश्चिमको लगातार यो दोस्रो हार हो । फाइनल यात्राको लागि शनिबार नेपाल पुलिस र एनबीएससी बीच प्रतिस्पर्धा हुनेछ ।

समूह ‘ख’ बाट पुलिस र एनबीएससीबीचको बिजेता टिमले समूह ‘क’ बाट एसअघि फाइनलमा पुगेको नेपाल आर्मीसँग उपाधिको लागि भिड्नेछ । विराटनगर जुट मिलको खेलमैदानमा शुक्रबार भएको पहिलो खेलमा १३० रनको लक्ष्य पछ्याएको दिल्लीले १७.२ बलमा सबै विकेट गुमाएर ९७ रनमात्र बनाउन सक्यो । मनिष मिश्रले १७ बलमा १७ रन बनाए । शक्ति केडीले १५ बलमा १४ रन पारी खेल्दा अंकितले १२ रनको योगदान दिए ।

एनबीएससीका मेहाङको घातक बलिङसामु दिल्लीका खेलाडी क्रिजमा टिक्न सकेनन् । उनले ४ ओभरमा १५ रन खर्चेर ४ विकेट लिए । उनी प्लेयर अफ द म्याच भए । आयरले ३.२ ओभरमा १७ रन खर्चेर ३ विकेट लिए । प्रशान्त कुमार, राहुल चौधरी र विधान गोस्वामीले समान १–१ विकेट लिए ।

यसअघि ब्याटिङ गरेको एनबीएससीले १६.३ बलमा सबै विकेट गुमाई १२९ रनको मध्यम योगफल खडा गरेको थियो । जसमा एनबीएससीका रवि शर्माले २३ बलमा ५ चौका हिर्काउँदै २५ रनको योगदान दिए । विधान गोस्वामीले ७ बलमा २ छक्का र २ चौका हिर्काउँदै २० रन पारी खेल्दा इमरानले ७ बलमा २ छक्का र १ चौका हिकाउँदै १७ रन जोडे । सुमन गतराजले १८ बलमा १९ रन बनाउँद सतिश कुमारले १३ बलमा १६ रनको योगदान दिए ।

दिल्लीका लक्की हितेसले ३.३ ओभरमा १२ रन खर्चेर ४ विकेट लिए । प्रदिप कुमारले ४ ओभरमा २५ रन खर्चेर ३ विकेट लिए । मनिष मिश्र र अंकित गोस्वामीले समान १–१ विकेट लिए । दोस्रो खेलमा १३० रनको विजय लक्ष्य नेपाल पुलिसले १६ ओभरमा ४ विकेट गुमाएर भेट्टायो । पुलिसको जितमा दिलिप नाथले विस्पोट ब्याटिङ गरे ।

उनले ३६ बलमा ८ छक्का २ चौका हिर्काउँदै अविजित ७५ रनको अर्धशतकीय इनिङ खेले । उनी खेलको म्यान अफ द म्याच पनि घोषित भए । योगेन्द्र कार्कीले २६ बलमा ३ छक्का र ४ चौका प्रहार गर्दै ४८ रनको योगदान दिए । शंकर रानाले १८ बलमा ३ छक्का र ३ चौका हिर्काउँदै ३५ रन बनाए । अमित श्रेष्ठले १४ बलमा २ छक्का र २ चौका हिर्काउँदै १४ रनको योगदान दिए ।

बलिङमा सुदुरपश्चिमका हेमन्त धामीले ३ ओभरमा ३५ रन खर्चेर २ विकेट लिए । कौशल राजपुत र दिपक भट्टले समान १–१ विकेट लिए । यसअघि ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेट गुमाई १२९ रनमा समेटियो । दिपक बोहराले ३८ बलमा ६५ रनको अर्धशतकीय इङनीङ खेले । उनले २ छक्का र ९ चौकका प्रहार गरे ।

उत्तम थापा मगरले ३१ बलमा ५१ रनको अर्धशतकीय इनिङ खेले । उनले ३ छक्का र ५ चौकका हिर्काए । दिपक भट्टले २४ बलमा ५ छक्का र २ चौका हिर्काउँदै ४४ पारी खेल्दा सुदुरपश्चिकका अरु ब्याटरले दोहोरो अंक छुन सकेनन् । बलिङमा पुलिसका योगेन्द्र सिंह कार्कीले ४ ओभरमा ४४ रन खर्चेर ३ विकेट लिए ।

रसिद खानले ४ ओरभर मा ३१ रन खर्चेर २ विकेट लिए । मन्जिल श्रेष्ठले १ विकेट लिए । शनिबारको पहिलो खेल दिल्ली युनाईटेड र सुदुरपश्चिम बिच हुनेछ । सोही दिन हुने दोस्रो खेल पुलिस र एनबीएससीबीच हुनेछ ।

By ekhel