काठमाडौँ – लखनउ सुपर जायन्ट्सलाई पराजित गर्दै पञ्चाब किंग्स इन्डियन प्रिमियर लिग (आईपीएल)को चौथो स्थानमा उक्लिएको छ। शनिबार राति भएको खेलमा पञ्जाबले लखनउविरुद्ध २ विकेटको जित हात पार्यो। घरेलु मैदानमा टस हारेर सुरुमा ब्याटिङको निम्तो पाएको लखनउले २० ओभरमा ८ विकेट गुमाउँदै १५९ रनको योगफल बनायो।
१६० रनको विजयी लक्ष्यका साथ जवाफी ब्याटिङमा उत्रिएको पञ्जाबले १९.३ ओभरमा ८ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो। जितसँगै पञ्जाब ५ खेलबाट ६ अंक जुटाउँदै अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ। ५ खेलबाटै ६ अंक जुटाएको लखनउ रनरेटका आधारमा दोस्रो स्थानमा छ। आइपीएलमा आज दुई खेल हुने भएका छन् । आव हुने पहिलो खेलमा मुम्बइले कोलकत्ता र गुजरातले राजस्थानको सामना गर्नेछन् ।