रियल मड्रड च्याम्पियन्स लिगको सेमिफाइनलमा

Byekhel

६ बैशाख २०८०, बुधबार ६ बैशाख २०८०, बुधबार ६ बैशाख २०८०, बुधबार

काठमाडौं – स्पेनिस क्लब रियल मड्रिड चेल्सीलाई हराउँदै च्याम्पियन लिगको सेमिफाइनलमा प्रवेश गरेको छ। मंगलबार राति स्ट्याफोर्ड ब्रिजमा भएको क्वार्टरफाइनलको दोस्रो लेगमा रियलले चेल्सीलाई २–० गोलले पराजित गर्‍यो। समग्रमा ४-० गोलले हराउँदै अन्तिम चारमा स्थान बनाएको हो। यसअघि घरेलु मैदानमा भएको पहिलो लिगमा रियलले २–० कै नतिजा निकालेको थियो। रियलको जितमा दुवै गोल रोड्रिगोले गरे।

रियललाई पहिलो हाफमा गोलरहित बराबरीमा रोकेको चेल्सी दोस्रो हाफमा सम्हालिन नसक्दा दुई गोल खान पुग्यो। खेलको ५८ औँ मिनेटमा रोड्रिगोको गोलमा रियलले सुरुवाती अग्रता बनाएको थियो। भिनिसियस जुनिएरको पासमा रोड्रिगोले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए।

खेलको ८० औँ मिनेटमा रोड्रिगो नै गोल गर्दै रियलके अग्रता दोब्बर पारे। रोड्रिगोले भालभर्डेको पासमा गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। रियलले अब सेमिफाइनलमा तेस्रो क्वाटरफाइनलको विजेतासँग ९ मे मा घरेलु मैदानमा खेल्नेछ

By ekhel