काठमाडौं – पेनाल्टीमा चुकेपछि हिमालयन शेर्पा क्लबलाई शहिद स्मारक ‘ए’ डिभिजन लिगमा नमिठो झट्का लागेको छ । सातदोवाटो स्थित एन्फा कम्प्लेक्स मैदानमा बिहीबार भएको खेलमा शेर्पा थ्रीस्टार क्लबसँग १-० गोलले पराजित भयो । थ्रीस्टारको जितमा लाकेन लिम्बुले गोल गर्नुभयो लाकेनले १४औं मिनेटमा आदित्य शाक्यको पासमा गोल गर्नुभएको थियो ।
४८औं मिनेटमा शेर्पाले पेनाल्टीको सदुपयोग गर्न नसक्दा हार खेपेको हो । कप्तान विश्वस श्रेष्ठको पेनाल्टी प्रहार पोस्ट बाहिर हुईकिएको थियो । डिबक्स भित्र अबायोमीलाई थ्रीस्टारका पिटर सेगुनले लडाएप्छि शेर्पाले पेनाल्टीमा मौका पाएको थियो । जितसँगै १० खेलबाट १८ अङ्क बनाएको थ्रीस्टार तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । समान खेलबाट नौ अङ्क बनाएको शेर्पा १३औं स्थानमा छ ।