काठमाडौं – शहीद स्मारक ए डिभिजन लिगमा न्युरोड टिम (एनआरटी)ले शुक्रबार विभागीय टोली एपीएफलाई १-० ले पराजित गरेको छ । च्यासल मैदानमा भएको खेलमा एनआरटीका लागि सन्जिब विष्टले दोस्रो हाफमा निर्णायक गोल गरे ।
सन्जिवले ७९औं मिनेटमा गोल गर्दै एनआरटीलाई ३ अंक दिलाए । लिगमा तेस्रो जितपछि ११ खेलबाट १३ अंक जोडेको एनआरटी दशौं स्थानमा उक्लेको छ । पाँचौ हार बेहोरेको एपीएफ ११ खेलमा १४ अंक जोडेर आठौं स्थानमा छ ।