जोटाको दुई गोलमा लिभरपुल विजयी

Byekhel

१० बैशाख २०८०, आईतवार १० बैशाख २०८०, आईतवार १० बैशाख २०८०, आईतवार

काठमाडौं – डिएगो जोटाले दुई गोल गरेपछि लिभरपुलले प्रिमियर लिगमा नटिङहम फरेस्टलाई ३–२ ले पराजित गरेको छ । लिभरपुलको घरेलु मैदान एनफिल्डमा भएको खेलमा पाँच गोल नै दोस्रो हाफमा भएको थियो । जोटाले खेलको ४७औं र ५५औं मिनेटमा गोल गरे ।

नटिङहमका नेको विलियम्सले ५१औं र मवर्गन गिब्स ह्वाइटले ६७औं मिनेटमा गोल गर्दै खेल २–२ को बराबरीमा पु¥याएका थिए । तर मोहमद सालाहले ७०औं मिनेटमा गोल गर्दै लिभरपुललाई ३ अंक दिलाउन सफल भए । जितपछि लिभरपुलले शीर्ष चारमा रहने सम्भावनालाई कायम राखेको छ ।

लिभरपुल ३१ खेलबाट ५० अंक जोडेर सातौं स्थानमा छ । हाल चौथो स्थानमा रहेको न्युकासल युनाइटेड भन्दा लिभरपुल ६ अंकले पछि छ । लिगकै अन्य खेलमा लेस्टरले वल्भसलाई तथा फुलहमले लिड्सलाई समान २–१ ले पराजित गर्दा एस्टन भिल्ला र ब्रेन्टफोर्डले १–१ र क्रिस्टल प्यालेस र एभरटनले गोलरहित बराबरी खेलेका छन् ।

By ekhel