स्पानिस ला लिगामा रियल मड्रिडको जित

Byekhel

१० बैशाख २०८०, आईतवार १० बैशाख २०८०, आईतवार १० बैशाख २०८०, आईतवार

काठमाडौं – स्पानिस ला लिगामा दोस्रो स्थानको रियल मड्रिडले सेल्टा भिगोलाई २–० ले पराजित गरेको छ । शनिवार राति भएको खेलमा रियलका लागि मार्को असेन्सिओले एक गोल गर्नुका साथै एक असिस्ट गरे । घरेलु मैदान सान्टियागो बर्नाबेउमा भएको खेलमा असेन्सिओले ४२औं मिनेटमा भिनिसियस जुनियरको पासमा पहिलो गोल गरे ।

त्यसपछि असेन्सिओकै पासमा एडर मिलिटाओले ४८औं मिनेटमा रियलका लागि दोस्रो गोल गरे । जितपछि रियलले ३० खेलबाट ६५ अंक जोडेको छ । रियल अझै लिग लिडर बार्सिलोनाभन्दा ८ अंकले पछि छ । बार्सिलोनाले एक खेल कम खेलेको छ । बार्सिलोनाले आइतबार घरेलु मैदानमा तेस्रो स्थानको एट्लेटिको मड्रिडसँग खेल्नेछ ।

By ekhel