एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा नेपालले कुवेतसँग खेल्ने

Byekhel

१५ बैशाख २०८०, शुक्रबार १५ बैशाख २०८०, शुक्रबार १५ बैशाख २०८०, शुक्रबार

काठमाडौँ – एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा नेपालले कुवेतसँग खेल्ने भएको छ । हङकङलाई ३० रनले हराउँदै समूह बीको उपविजेता बनेर कुवेतले नेपालसँगको सेमिफाइनल भेट पक्का गरेको हो । नेपाल र कुवेतबीचको सेमिफाइनल खेल शनिबार हुने छ । नेपाल आजै भएको खेलमा कतारलाई हराउँदै समूह एको विजेता बनेको थियो ।

अर्को सेमिफाइनलमा यूएई र ओमानले शनिबार नै खेल्ने छन् । कुवेतले हङकङलाई हराएपछि यूएई समूह बीको विजेता बनेको हो । प्रतियोगितामा राम्रो सुरुवात गरेको हङकङ भने अन्तिम खेलमा हारपछि समूह चरणबाटै बाहिरिएको छ । फाइनल पुग्दै उपाधि जित्ने टिम आगामी सेप्टेम्बरमा हुने एसिया कपमा छनोट हुनेछ ।

By ekhel