पुलिसले खुमलटार एफसीलाई ३-१ ले हरायो

Byekhel

१५ बैशाख २०८०, शुक्रबार १५ बैशाख २०८०, शुक्रबार १५ बैशाख २०८०, शुक्रबार

काठमाडौँ – जारी सिजन शहीद स्मारक ए डिभिजन लिगमा खराब सुरुवात गरेपनि विदेशी खेलाडीको आगमनपछि विभागीय टोली नेपाल पुलिस क्लबले लगातार दोस्रो जित हात पारेको छ । अहमद हिजाजलीले पुलिसबाट लिगमा डेब्यु खेलमै दुई गोल गरेपछि बुधबार दशरथ रंगशालमा पुलिसले खुमलटार एफसीलाई ३-१ ले हरायो । यसअघि मनाङ मर्स्याङ्दी क्लबलाई हराएको पुलिसले जारी लिगमा तेस्रो जित निकालेको हो ।

खेलमा चारै गोल विदेशी खेलाडीको नाममा रह्यो । पुलिसका लागि अर्को गोल मोसेस ट्वामले गरे भने खुमलटारका लागि मेसुके ओलोमोउले एक गोल फर्काए । खेलको २७औं मिनेटमा हिजाजीले गोल गर्दै पुलिसलाई अग्रता दिलाएका थिए ।खुमलटारका मेसुकेले ५४औं मिनेटमा गोल गर्दै खेल १-१ को बराबरीमा ल्याएका थिए । तर अन्त्यतिर पुलिसले दुई गोल गर्‍यो । ८४औं मिनेटमा मोसेसले गोल गर्दै पुलिसलाई २-१ को अग्रता दिलाए । हिजाजीले इन्जुरी टाइमको आठौं मिनेटमा गोल गरेपछि पुलिस ३-१ ले विजयी भयो ।

विदेशी खेलाडीको आगमनपछि लगातार जितले पुलिसको आत्मविश्वास बढाएको छ । १३ खेलबाट ३ जित ३ बराबरी र ७ हार नतिजासहित १२ अंक जोडेको पुलिस अझै रेलिगेसन जोनमै छ । तर ११औं स्थानको एनआरटी, १२औं स्थानको खुमलटार र १३औं स्थानको हिमालयन शेर्पा भन्दा पुलिस १ अंकले मात्र पछि छ ।

By ekhel