ए डिभिजन लिगमा दोस्रो स्थानको थ्रीस्टार एनआरटीसँग १-० ले पराजित

Byekhel

१६ बैशाख २०८०, शनिबार १६ बैशाख २०८०, शनिबार १६ बैशाख २०८०, शनिबार

काठमाडौँ – शहीद स्मारक ए डिभिजन लिगमा शुक्रबार दोस्रो स्थानको थ्रीस्टार एनआरटीसँग १-० ले पराजित भएको छ । एनआरटीसँग हारपछि थ्रीस्टारले शीर्ष स्थानमा उक्लने अवसर गुमाएको छ । एन्फा कम्प्लेक्समा भएको खेलमा एनआरटीलाई जित दिलाउन सन्जिव विष्टले निर्णायक गोल गरे । सन्जिवले खेलको ३७औं मिनेटमा गोल गरेका थिए ।

त्यसअघि थ्रीस्टारले खेलमा पहिले अग्रता लिने अवसर पाए पनि सन्तोष साहुखलले पेनाल्टीमा गोल गर्न सकेनन् । ३५औं मिनेटमा प्राप्त पेनाल्टीमा साहुखलको प्रहार पोष्ट बाहिर गयो । हारपछि थ्री स्टारको १३ खेलबाट २२ अंक छ । एक खेल कम खेलेको जावलाखेल युथ क्लब भन्दा थ्रीस्टार एक अंकले पछि छ । यससिजन चौथो जित हात पारेको एनआरटी १३ खेलबाट १६ अंक जोडेर आठौं स्थानमा उक्लेको छ ।

By ekhel