कोलकातालाई हराउँदै गुजरात शीर्ष स्थानमा

Byekhel

१७ बैशाख २०८०, आईतवार १७ बैशाख २०८०, आईतवार १७ बैशाख २०८०, आईतवार

काठमाडौं – आईपीएल क्रिकेटमा शनिबार गुजरात टाइटन्सले कोलकाता नाइट राइडर्सलाई ७ विकेटले पराजित गरेको छ । कोलकाताले दिएको १८० रनको लक्ष्य पछ्याएको गुजरातले १३ बल बाँकी छँदै ३ विकेट गुमाएर लक्ष्य भेट्टायो ।गुजरातको जितमा विजय शंकरले अविजित ५१, शुभमन गिलले ४९, डेभिड मिलरले अविजित ३२, हार्दिक पाण्डेयले २६ रन जोडे । विजयशंकरले २४ बलमा ५ छक्का र २ चौका प्रहार गरेपछि गुजरातको जित सहज भएको थियो ।

टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७९ रन बनाएको थियो । उसका लागि रमन्नुलाह गुर्बाजले ८१ रनको योगदान गरे । ३९ बल खेलेका उनले ७ छक्का र ५ चौका प्रहार गरेका थिए । त्यस्तै आन्द्रे रसेलले ३४, रिंकु सिंह र नारायण जगदेशनले १९–१९ रन जोडेका थिए ।

बलिङतर्फ गुजरातका मोहम्मद सामीले ३, जोस लिटल र नुर अहमदले २–२ विकेट लिए । जितपछि गुजरात टाइटन्स आईपीएलको शीर्ष स्थानमा पुगेको छ । ८ खेलमध्ये २ खेलमा हार र ६ खेलमा जित निकालेको उसले १२ अंक जोडेको छ । समान ८ खेल खेलेको राजस्थान रोयल्स १० अंकसहित दोस्रो स्थानमा छ । कोलकाता भने ९ खेलबाट ६ अंकसहित सातौं स्थानमा छ ।

By ekhel