काठमाडौँ – शहीद स्मारक ए डिभिजन लिगमा दुई ललितपुरे क्लब थ्री स्टार र खुमलटार एफसीले बराबरी खेलेका छन् । च्यासल रंगशालमा मंगलबार भएको खेलमा थ्री स्टा र खुमलटारले २-२ को बराबरी खेल्दै अंक बाँडेका हुन् । बराबरीपछि दुवैले समान एक अंक पाए ।
खेलमा थ्री स्टार र खुमलटार दुवैले एक पटक अग्रता लिएपनि कायम रख्न सकेनन् । लकेन लिम्बुले खेलको चौथो मिनेटमै गोल गर्दै थ्री स्टारलाई पहिले अग्रता दिलाएका थिए । तर पहिलो हाफको इन्जुरी टाइममा खुमलटारका मेसुके ओलोमोउले गोल गर्दै खेल १-१ को बराबरीमा ल्याए ।
दोस्रो हाफमा खुमलटारले पहिले अग्रता लियो । स्टेफन विनोङले ५१औं मिनेटमा गोल गर्दै खुमलटारलाई २-१ को अग्रता दिलाए । तर ६८औं मिनेटमा थ्री स्टारका आदित्य शाक्यले गोल गर्दै खेल बराबरी गरे । बराबरीपछि थ्रीस्टार दोस्रो स्थानमै यथावत छ ।
मंगलबारै लिग लिडर जावलखेल युथ क्लब नेपाल पुलिससँग पराजित हुँदा थ्रीस्टारलाई शीर्ष स्थानमा उक्लने मौका भए पनि सदुपयोग गर्न सकेन । १४ खेलबाट थ्रीस्टारको २३ अंक छ । हारेपछि जावलाखेल २४ अंकसहित शीर्ष स्थानमै छ ।
पुलिसले जावलाखेललाई हराएर रेलिगेसन जोन छाड्दा खुमलटार भने १४ खेलबाट १४ अंकसहित रेलिगेसन जोनमा झरेको छ । दुई टिम रेलिगेसनमा पर्ने लिगमा खुमलटार पुछारमा छ ।