काठमाडौं – शहीद स्मारक ए डिभिजन लिगमा प्रशिक्षक विहीन मनाङ मस्र्याङ्दी क्लबले नेपाल आर्मीमाथि १–० को जित निकालेको छ । आठौं खेलमा पहिलो जित हात पार्ने क्रममा मनाङका लागि तिमोथी कुडोले इन्जुरी समयमा गोल गरे । यसअघिका सात खेलमा जित विहीन रहेको मनाङले लगातार ६ खेल हारेको थियो । लिगमा लगातार हारपछि मनाङका प्रशिक्षक किरण श्रेष्ठले राजिनामा दिएका थिए ।
जसका कारण मनाङ आज प्रशिक्षक बिना नै मैदान उत्रिएको थियो । मनाङको टच लाइन गोल किपर प्रशिक्षक प्रविण श्रेष्ठले सम्हालेका थिए । यो जितसँगै मनाङ १४ खेलबाट १८ अंक बटुल्दै तालिकाको छैटौं स्थानमा उक्लिएको छ । पाँचौ स्थानमा रहेको आर्मीको भने १४ खेलबाट २० अंक छ ।