शेर्पासँग हारेपछि सातदोवाटोले शीर्ष स्थानमा उक्लने अवसर गुमायो

Byekhel

२१ बैशाख २०८०, बिहीबार २१ बैशाख २०८०, बिहीबार २१ बैशाख २०८०, बिहीबार

काठमाडौं – शहीद स्मारक ए डिभिजन लिग फुटबलमा सातदोवाटो युथ क्लबले हिमालयन शेर्पासँग १–० को हार ब्यहोरेको छ । च्यासल मैदानमा बुधबारै भएको खेलको ६५औं मनेटमा विदेशी खेलाडी खामिर गिल्सानले गरेको गोल शेर्पाको जितमा निर्णायक रह्यो ।

यो हारपछि सातदोवाटोले शीर्ष स्थानमा उक्लने अवसर गुमाएको छ । सातदोवाटो १४ खेलबाट २२ अंकसहित चौथो स्थानमा छ । शेर्पाका लागि भने यो जितले ठूलो अर्थ राखेको छ । १४ खेलबाट १७ अंक बनाएको शेर्पाले ६ स्थान उक्लिएर आठौं स्थानमा पुगेको छ । उसले रेलिगेसन क्षेत्रसमेत छाडेको छ

By ekhel