काठमाडौं – कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान निर्माणका लागि सरकारले आगामी आर्थिक वर्षमा बजेट विनियोजन गर्ने भएको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले टीयू मैदानको स्तरोन्नतिका लागि बजेट विनियोजन गर्ने निर्णय गरेको हो।
मंगलबार भएको फाइनल खेलमा यूएईलाई ७ विकेटले हराउँदै नेपाल दोस्रोपटक एसिया कपमा पुगेको छ। यसअघि आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक एकदिवसीय सिरिजमा ओडीआई वरीयता जोगाउँदै नेपाल विश्वकप छनोटमा पुगेपछि सरकारले मैदानमा फ्लड लाइट राख्ने निर्णय गरेको थियो। तर निर्णय गरेको डेढ महिना हुँदा पनि त्यसको काम सुरु हुन सकेको छैन।