म्यानचेष्टर सिटीलाई ४ अंकको अग्रता

Byekhel

२४ बैशाख २०८०, आईतवार २४ बैशाख २०८०, आईतवार २४ बैशाख २०८०, आईतवार

काठमाडौँ – इंग्लिस प्रिमियर लिग फुटबलमा लिग लिडर म्यानचेष्टर सिटीले लिड्सलाई हराएको छ र ४ अंकको प्रष्ट अग्रता बनाएको छ । शनिबार भएको खेलमा सिटीले लिड्सलाई २–१ गोल अन्तरले हराएको हो । घरेलु मैदान, इत्तेहाद स्टेडियममा भएको खेलमा सिटीका लागि दुबै गोल गुन्डोगानले गरे । उनले १९ र २७ औं मिनेटमा रियाद मेहराजको पासमा गोल गरेका हुन् ।

सिटीले त्यसपछि पनि खेललाई आफ्नै नियन्त्रणमा राखेको थियो, तर तेस्रो गोल भने गर्न सकेनन् । खेलको ८४औं मिनेटमा घरेलु टोलीले पेनाल्टी पायो । सिटीमा नियमित पेनाल्टी हान्दै आएका हल्याण्डले बल गुन्डोगानलाई दिए, ताकी ह्याट्रिक बनोस् ।

तर उनी गोल गर्न चुके । बरु लगतै लिड्सका लागि रोड्रिगोले गोल गरे, तर टोलीको हार टार्न भने सकेनन् । जितपछि सिटीको ३४ खेलबाट ८२ अंक भएको छ । लिगमा चार खेल्न बाँकी रहँदा दोस्रो स्थानमा रहेको आर्सनलको ७८ अंक छ ।

By ekhel