रियल मड्रिडले कोपा डेल रे कपको उपाधि

Byekhel

२४ बैशाख २०८०, आईतवार २४ बैशाख २०८०, आईतवार २४ बैशाख २०८०, आईतवार

काठमाडौँ – रियल मड्रिडले कोपा डेल रे कपको उपाधि जितेको छ । ला लिगा प्रतिद्वन्द्वी ओसासुनालाई शनिबार राति २-१ ले हराउँदै रियल मड्रिड ९ वर्षपछि कोपा डेल रेको च्याम्पियन बनेको हो । शनिबार राति सेभियामा भएको खेलमा रियललाई उपाधि जिताउन दुवै गोल रोड्रिगोले गरे । ओसासुनाका लुकास टोरोले एक गोल गरेका थिए ।

पहिलो गोल रोडि्रगोले २ मिनेटमै गरेका थिए । ओसासुनाका लुकास टोरोले ५८ औं मिनेटमा गोल गरेर खेल बराबरीमा ल्याए । तर फेरि ब्राजिली युवा विंगर रोड्रिगोले ७० औं मिनेटमा अर्को एक गोल थपेर जित सुनिश्चित गरे । यसअघि सन् २०१४ मा रियल मड्रिडले कोपा डेल रे कप जितेको थियो ।

By ekhel