लाम्पार्ड क्लबमा फर्किएपछि चेल्सीले पहिलो जित

Byekhel

२४ बैशाख २०८०, आईतवार २४ बैशाख २०८०, आईतवार २४ बैशाख २०८०, आईतवार

काठमाडौँ – फ्राङ्क लाम्पार्ड अन्तरिम म्यानेजरका रुपमा क्लबमा फर्किएपछि चेल्सीले पहिलो जित निकालेको छ । इंग्लिस प्रिमियर लिगमा शनिबार भएको खेलमा चेल्सीले बोर्नमाउथलाई ३–१ गोल अन्तरले हराएको हो । लाम्पार्ड क्लबमा फर्किएपछि यसअघि खेलेको चार वटै खेल चेल्सीले हारेको थियो ।

बोर्नमाउथको घरेलु मैदानमा भएको खेलमा चेल्सीले नवौं मिनेटमा ग्यालेगरको गोलबाट अग्रता लिएको थियो । तर २१औं मिनेटमा मटियस भिनाले बराबरी गोल गरे । खेलको अन्तिम १० मिनेटमा दुई गोल गरेपछि चेल्सीले महत्वपूर्ण ३ अंक हात पारेको छ । उसका लागि ८२औं मिनेटमा बाडियाशिल र ८६ औं मिनेटमा जाओ फिलिक्सले गोल गरे ।

By ekhel