काठमाडौं – जर्मन बुन्डेश लिगामा बोरुसिया डर्टमन्डले उल्भसको पोस्टमा आधा दर्जन गोल गरेको छ । यो जितसँगै डर्टमन्डले शीर्ष स्थानको बायर्न म्युनिखसँगको अंक दूरी एकमा झारेको छ । घरेलु टोली डर्टमण्डले पहिलो हाफमा तीन र दोस्रो हाफमा तीन गोल गरेको थियो । पहिलो हाफको १४ औं मिनेटमा करिम एडेमीको गोलबाट डर्टमन्डले अग्रता लिएको थियो ।
त्यसपछि २८ औं मिनेटमा सेबास्टिय होला र ३७ औं मिनेटमा डनवेल मालेनले गोल थपे । ५९ औं मिनेटमा एडेमीले व्यक्तिगत दोस्रो गोल गरे । यस्तै ५४ र ८६ मिनेटमा युवा खेलाडी जुड बेलिङघमले गोल थपेपछि बोरुसिया डर्टमन्ड ६-० ले विजयी भयो । जितसँगै डर्टमन्डले ११ वर्षपछि उपाधि होड कायमै राखेको छ । समान ३१ खेल खेल्दा डर्टमण्डको ६४ अंक र शीर्षस्थानको बायर्नको ६५ अंक छ ।