काठमाडौं – शहीद स्मारक ए डिभिजन लिग फुटबलमा त्रिभुवन आर्मी क्लब र संकटा क्लबले १–१ को बराबरी खेलेका छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा आर्मीले रेलिगेसन जोनमा रहेको संकटासँग लिएको अग्रता जोगाउन नसक्दा अंक बाँड्यो ।
खेलको १८ औं मिनेटमा कप्तान भरत खवासको गोलमा आर्मीले अग्रता बनाएको थियो । भरतले यस सिजनको लिगमा आफ्नो पहिलो गोल गरेका हुन् । जिततर्फ अग्रसर आर्मीले खेलको इन्जुरी समयमा पेनाल्टीमा गोल खान पुग्यो । संकटाका लेबनानी फरवार्ड युसुफ एट्रिसले पेनाल्टीमा गोल गर्दै संकटाको संकट टारेका थिए ।
यो बराबरीपछि रेलिगेशन जोनमा रहेको संकटाले १५ खेलबाट १७ अंक जोड्दै रेलिगेसन जोनबाट माथि उक्लिएर १० औं स्थानमा पुगेको छ । आर्मीले समान खेलबाट २१ अंक जोड्दै छैटौं स्थानमा रहेको छ ।