मेस्सी निलम्बन फुकुवापछि पेरिस सेन्ट जर्मेन (पीएसजी) को प्रशिक्षणमा फर्के

Byekhel

२६ बैशाख २०८०, मंगलवार २६ बैशाख २०८०, मंगलवार २६ बैशाख २०८०, मंगलवार

काठमाडौं – अर्जेन्टिनी फुटबलर लियोनल मेस्सी निलम्बन फुकुवापछि पेरिस सेन्ट जर्मेन (पीएसजी) को प्रशिक्षणमा फर्केका छन् । क्लबसँग अनुमति नलिई साउदी अरेबियाको भ्रमण गरेको भन्दै फ्रेन्च च्याम्पियन पीएसजीले मेस्सीलाई गत बुधबार दुई साताको लागि निलम्बन गरेको थियो ।

तर अर्जेन्टाइन कप्तान मेस्सीले भ्रमणको लागि क्लब र टिममेटसँग माफी मागेपछि उनको निलम्बन फुकुवा भएको डेली मेलले जनाएको छ । पीएसजीले सोमबार बिहान मेस्सी प्रशिक्षणमा पर्केको भन्दै फोटो पोस्ट गरेको छ । पीएसजीले विश्व विजेता मेस्सीलाई दुई साताको निलम्बन सहित पारिश्रमिकमा समेत केही कटौती गरेको थियो । तर मेस्सी सोमबार मैदान फर्किएका हुन् ।

निलम्बनका कारण मेसीले आइतबार लिग वानमा ट्रोय विरुद्धको ३-१ को जित हात पारेको खेल गुमाएका थिए । अब भने मेसीले आगामी शनिवार अजासियो विरुद्ध घरेलु मैदानमा खेल्न सक्ने छन् । हाल पीएसजी लिग वानमा दोस्रो स्थानको लेन्समाथि ६ अंकको अग्रता बनाउँदै उपाधि होडमा छ ।

By ekhel