मछिन्द्र फुटबल क्लबलाई पराजित गर्दै चर्च ब्वाइज ए डिभिजन लिगको शीर्षस्थानमा

Byekhel

२८ बैशाख २०८०, बिहीबार २८ बैशाख २०८०, बिहीबार २८ बैशाख २०८०, बिहीबार

काठमाडौं – दुई पटकको लिग च्याम्पियन मछिन्द्र फुटबल क्लबलाई पराजित गर्दै नव प्रवेशी चर्च ब्वाइज युनाइटेड सहिद स्मारक ए डिभिजन लिगको शीर्षस्थानमा फर्किएको छ। ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा बुधबार भएको खेलमा चर्च ब्वाइजले मच्छिन्द्रलाई २–१ गोल अन्तरले हराउँदै शीर्ष स्थानमा उक्लिएको हो।

चर्च ब्वाइजको जितमा अन्जन विष्टले एक गोल गरे। एक गोल उपहार पायो। मछिन्द्रका लागि ओमोलाजा करीमले पेनाल्टी मार्फत गोल फर्काए। लगातार चौथो जित निकालेको चर्च ब्वाइजले १६ खेलबाट ३० अंक बनाएको छ। समान खेलबाट जावलाखेलको २७ र तेस्रो स्थानको थ्रीस्टारको २५ अंक छ। समान खेलबाट २४ अंक जोडेको मछिन्द्र चौथो स्थानमा छ।

खेलको ४० औं मिनेटमा अन्जनले गोल गर्दै चर्च ब्वाइजलाई सुरुवाती अग्रता दिलाएका थिए। कमल श्रेष्ठको फ्रिकिकलाई अन्जनले फस्ट बारमा हेडरमार्फत पोस्टको गति दिए। खेलको ६४ औं मिनेटमा आन्द्रेस नियालाई पेनाल्टी क्षेत्रभित्र फ्रान्क्लिन क्वेटे टाल्लाले लडाएपछि मछिन्द्रले पेनाल्टीको अवसर पायो।

जुन अवसरलाई ओमोलाजा नुरेन करीमले खेर जान दिएनन् र खेललाई बराबरीमा ल्याए। खेलको ७१ औं मिनेटमा मच्छिन्द्रका गोलरक्षक प्रदीप भण्डारीले बल समाउने प्रयासमा आफ्नै पोस्टभित्र बल खसालेपछि चर्च ब्वाइजले अग्रता बनायो।

By ekhel