इन्टर मिलान १३ वर्षपछि युरोपियन च्याम्पियन्स लिगको फाइनलमा प्रवेश

Byekhel

३ जेष्ठ २०८०, बुधबार ३ जेष्ठ २०८०, बुधबार ३ जेष्ठ २०८०, बुधबार

काठमाडौं – इन्टर मिलान १३ वर्षपछि युरोपियन च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । मिलान डर्बी एसी मिलानमालाई समग्रता ३-० ले हराउँदै इन्टर २०१० पछि च्याम्पियन्स लिगको उपाधि नजिज पुगेको हो । लाउटारो मार्टिनेजको गोलमा सेमिफाइनल दोस्रो लेगमा इन्टरले एसी मिलानलाई १-० ले पराजित गरेको हो ।

मार्टिनेजले ७५औं मिनेटमा गोल गरे । पहिलो लेग इन्टरले २-० ले जितेको थियो । इन्टरले अब जुन १० मा टर्कीयमा हुने फाइनलमा रियल मड्रिड र म्यानचेष्टर सिटीबीचको विजेतासँग खेल्नेछ । रियल र सिटीबीचको पहिलो लेग १-१ को बराबरीमा सकिएको थियो । यी दुईबीच दोस्रो लेग बुधबार राति हुनेछ ।

By ekhel