कमल थापा वर्ल्ड टेनिस प्रतियोगिताको फाइनलमा प्रवेश

Byekhel

४ जेष्ठ २०८०, बिहीबार ४ जेष्ठ २०८०, बिहीबार ४ जेष्ठ २०८०, बिहीबार

काठमाडौं – कमल थापा वर्ल्ड टेनिस मास्टर्स एम टि २०० प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् । भारतको दार्जीलिङ जिम खाना क्लबले आयोजना गरेको अन्तर्राष्ट्रिय टेनिस फेडेरेसन आईटीएफको मान्यता प्राप्त प्रतियोगिताको ६० वर्ष उमेर समूहको डबल्स प्रतिस्पर्धामा थापा र झ्याम्पा दोण्डुपको जोडी फाइनलमा पुगेको हो ।

यो जोडीले भारतका आशिष सेन र नरेश भिजको जोडीलाई ६-४ र ६-२ को सोझो सेटमा हराएको छ । वैशाख ३० देखि दार्जीलिङमा भइरहेको यो प्रतियोगितामा भारत, नेपाल, भुटान लगायत विभिन्न देशका सय भन्दा बढी सिनियर खेलाडीको सहभागिता छ । यस्तै सिङ्गलतर्फको प्रतिस्पर्धामा कमल थापा भारतका उदय माथुरलाई क्वार्टर फाइनलमा ६-२ र ६-२ को सोझो सेटमा पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेका छन् ।

By ekhel