काठमाडौं – भारतमा भइरहेको इन्डियन वुमन्स लिग आईडब्लूएल फुटबलमा सेथु एफसीलाई २-० ले पराजित गर्दै किकस्टर्ट फाइनलमा पुगेको छ । दुवै टिममा नेपाली राष्ट्रिय मिहला फुटबल टिमका खेलाडी समावेश थिए । जसमा सरु लिम्बु र रेनुका नगरकोटे रहेको किकस्टार्टले नेपाली कप्तान एन्जिला तुम्बापो सुब्बा रहेको सेथुमाथि बाजी मार्यो ।
खेलमा एन्जिलाले सेथुको कप्तानीमा गरेकी थिइन् । तर उनै एन्जिला विरुद्ध सरुले सानदार गोल गरिन् । नेपाली राष्ट्रिय टिमसँगै घरेलु फुटबलमा एपीएफबाट सँगै खेल्ने यी दुई खेलाडी शुक्रबार एकअर्का विरुद्ध खेलेका थिए । जहाँ सरुले एन्जिला विरुद्ध ३० यार्ड टाढाबाट गोल गरिन् । किकस्टार्सका लागि सरुसँगै केन्याली खेलाडी किएको एलिजाबेथले पनि एक गोल गरिन् ।
खेलमा सेथुले पनि गोल गर्ने अवसरहरु बनाएको थियो तर सदुपयोग गर्न सकेन । समूह चरणदेखि क्वाटरफाइनलसम्म खेलेकी ७ खेलमा ६ क्लिनसिट राखेकी एन्जिलाले सेमिफाइनलमा भने सरुलाई नै रोक्न सकिनन् । उनले यसअघि समूह चरणमा लर्ड्स एफए विरुद्ध एक गोल बेहोरेकी थिइन् ।
किकस्टार्ट र सेथु समूह चरणमा खेल्दा गोलरहित बराबरीमा सकिएको थियो । किकस्टार्टले अब उपाधिका साविक विजेता गोकुलम केरला र इस्टर्न स्पोर्टिङ युनियनबीचको विजेतासँग खेल्नेछ । नेपाली टिमकी अर्की खेलाडी सावित्रा भण्डारीले गोकुलम केरलाबाट खेल्दै यस सिजन सर्वाधिक २६ गोल गरेकी छन् ।