अग्रता जोगाउन नसक्दा आर्मी खुमलटारसँग बराबरीमा रोकियो

Byekhel

६ जेष्ठ २०८०, शनिबार ६ जेष्ठ २०८०, शनिबार ६ जेष्ठ २०८०, शनिबार

काठमाडौं – शहीद स्मारक ए डिभिजन लिगमा विभागीय टोली त्रिभुवन आर्मी एफसीले दुई पटक अग्रता लिए पनि जोगाउन नसक्दा एफसी खुमलटारसँग बराबरी खेलेको छ । दशरथ रंगशालमा शुक्रबार भएको खेलमा आर्मी र खुमलटारले १-१ को बराबरी खेल्दै अंक बाँडेका हुन् ।

आर्मीका लागि जगजित श्रेष्ठ र नवयुग श्रेष्ठले गोल गर्दा खुमलटारका दुई विदेशी खेलाडी मेसुके ओलोमोउ र स्टेफेन समिर विनोङले गोल गरे । खेलको १५औं मिनेटमा जगजितले गोल गर्दै आर्मीलाई अग्रता दिलाएका थिए । तर ३५औं मिनेटमा मेसुकेले खुमलटारका लागि बराबरी गोल गर्दै ।

जारी लिगमा मेसुकेको यो १४औं गोल हो र उनी सर्वाधिक गोल गर्नेमा मछिन्द्र एफसीका ओलावाले आफिजसँगै अगाडि छन् । दोस्रो हाफमा पनि आर्मीले सुरुमा अग्रता लियो । नवयुगले ५१औं मिनेटमा गोल गरेपछि आर्मीले २-१ को अग्रता बनाएको थियो । तर स्टेफेन समिरले ७५औं मिनेटमा उत्कृष्ट गोल गर्दै खेल बराबरी गरे ।

बराबरीपछि आर्मीको १९ खेलबाट २६ अंक भएको छ । समान खेलबाट १८ अंक जोडेको खुमलटार अन्तिम स्थानमै छ । यस्तै शुक्रबारै एन्फा कम्प्लेक्समा भएको खेलमा हिमालयन शेर्पाले एपीएफ क्लबलाई ३-२ ले पराजित गरेको छ । जितपछि १९ खेलबाट २५ अंक जोड्दै हिमालयन शेर्पा सातौं स्थानमा उक्लेको छ । एपीएफ समान खेलबाट २२ अंकसहित १२औं स्थानमा छ ।

By ekhel