चर्च ब्वाइज युनाइटेडले विभागीय टोली नेपाल पुलिस क्लबलाई १-० ले पराजित

Byekhel

६ जेष्ठ २०८०, शनिबार ६ जेष्ठ २०८०, शनिबार ६ जेष्ठ २०८०, शनिबार

काठमाडौं – शहीद स्मारक ए डिभिजन लिगमा लिग लिडर चर्च ब्वाइज युनाइटेडले शुक्रबार विभागीय टोली नेपाल पुलिस क्लबलाई १-० ले पराजित गरेको छ । यस जितपछि चर्च ब्वाइजले दोस्रो स्थानको जावलाखेल युथ क्लबमाथि चार अंकको अग्रता समेत बनाएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भएको खेलमा चर्च ब्वाइजका लागि मिलन राईले पहिलो हाफको इन्जुरी टाइममा गोल गरेका थिए । कमल श्रेष्ठको कर्नरमा मिलनले हेडमार्फत उत्कृष्ट गोल गरे । त्यही गोल चर्च ब्वाइजलाई ३ अंक दिलाउन निर्णायक बन्यो ।

बी डिभिजनको च्याम्पियन बन्दै पहिलो पटक शीर्ष डिभिजनको फुटबल खेलिरहेको चर्च ब्वाइजले उत्कृष्ट प्रदर्शन गरिरहेको छ । चर्च ब्वाइजले १९ खेलबाट ३६ अंक जोडेको छ । दोस्रो स्थानको जावलाखेलको समान खेलबाट ३२ अंक छ ।ए डिभिजनमा डेब्यु सिजनमै नाम चलेका खेलाडी समेत भित्र्याएको चर्च ब्वाइजले १९ खेल खेल्दा १० खेल जितेको छ भने ६ बराबरी गरेको छ । चर्च ब्वाइजले जम्मा तीन खेल मात्र हारेको छ ।

By ekhel