इंग्लिस क्लब न्युकासल युनाइटेड २० वर्षपछि युरोपियन च्याम्पियन्स लिगमा छनोट

Byekhel

९ जेष्ठ २०८०, मंगलवार ९ जेष्ठ २०८०, मंगलवार ९ जेष्ठ २०८०, मंगलवार

काठमाडौं – इंग्लिस क्लब न्युकासल युनाइटेड २० वर्षपछि युरोपियन च्याम्पियन्स लिगमा छनोट भएको छ । प्रिमियर लिग अन्तर्गत मंगलबार राति भएको खेलमा लेस्टर सिटीसँग गोलरहित बराबरी खेलेपछि न्युकासलले शीर्ष चारमा स्थान सुरक्षित गर्दै च्याम्पियन्स लिगमा स्थान पक्का गरेको हो ।

पछिल्लो पटक न्युकासलले सन् २००२-०३ को सिजन युरोपको ठूलो प्रतियोगिता खेलेको थियो । त्यसपछि पहिलो चरण पार गर्दै न्युकासल दोस्रो चरणसम्म पुगेको थियो । यस सिजन उत्कृष्ट प्रदर्शन गरेको न्युकासल ३७ खेलबाट ७० अंकसहित शीर्ष स्थानमा छ । प्रिमियर लिगका जायन्ट्स क्लबहरु म्यानचेष्टर युनाइटेड र लिभरपुललाई समेत पछि पारेको छ । न्युकासलले सिजनको अन्तिम खेल हारे पनि पाँचौ स्थानको लिभरपुलले भेट्ने छैन । ३७ खेलबाट लिभरपुलको ६६ अंक छ ।

म्यान युनाइटेड ३६ खेलबाट ६९ अंकसहित चौथो स्थानमा छ र च्याम्पियन्स लिगमा छनोट हुन बाँकी दुई खेलबाट एक अंक आवश्यक छ । न्युकासलसँग बराबरी खेलेपछि लेस्टर भने रेलिगेसनबाट बच्न संघर्षरत छ । अब सिजनमा एक खेल मात्र बाँकी हुँदा लेस्टर पुछारबाट तेस्रो स्थानमा छ । लेस्टरको ३७ खेलबाट ३१ अंक छ । लेस्टर भन्दा अघि रहेको एभरटन ३७ खेलबाट ३३ अंकसहित १७औं स्थानमा छ ।

लेस्टर अन्तिम खेलमा वेष्टहमसँग बराबरी खेले पराजित भए रेलिगेसनमा पर्नेछ । लेस्टरले रेलिगेसनबाट बच्न अन्तिम खेल जित्नुपर्नेछ भने एभरटन एएफसी बर्नमाउथसँग पराजित हुनुपर्नेछ ।

By ekhel