राष्ट्रिय क्रिकेट टोलीका सदस्यलाई वाणिज्य बैंकद्वारा जनही १ लाखसहितको सम्मान

Byekhel

९ जेष्ठ २०८०, मंगलवार ९ जेष्ठ २०८०, मंगलवार ९ जेष्ठ २०८०, मंगलवार

काठमाडौं –  राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले नेपाली राष्ट्रिय क्रिकेट टोलीको योगदानको उच्च सम्मानार्थ तथा अझै उच्च सफलता हासिल गर्न उत्प्रेरणा प्रदान गर्नका लागि भन्दै राष्ट्रिय क्रिकेट टिमका खेलाडी तथा टिम अफिसियलहरुलाई सम्मान गरेको छ । सम्पन्न एसीसी प्रिमियर कप २०२३ को विजेता भएको राष्ट्रिय क्रिकेट टिमका १८ जना खेलाडीहरुलाई जनही एक लाख रुपैया र ८ जना टिम अफिसिलयलहरुलाई जनही ५० हजार रुपैयाँ नगदसहति बैंकले सम्मान प्रदान गरेको छ ।

आईसीसी क्रिकेट विश्वकप लिग २ मा तेस्रो हुँदै नेपालले विश्वकप छनौट खेलमा सहभागी हुने अवसर पाएको तथा प्रिमियर कप जितेर एसिया कपमा छनोट भएर नेपालको नाम उँचो पारेकाले सम्मान गरिएको बैंक सञ्चालक समितिका अध्यक्ष डा. बलराम पाठकले बताए । बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले अन्तर्रािष्ट्रय रुपमा क्रिकेले राष्ट्रको नाम उच्च बनाएको यो क्षण गौरवपूर्ण भएको बताउँदै अन्य खेलकुदलाई पनि बैंकले सहयोग गरको बताए ।

कार्यक्रममा क्रिकेट एसोसिएसन अफ नेपाल क्यानका अध्यक्ष चतुरबहादुर चन्दले अन्तर्राष्ट्रिय रुपमा नेपालको नाम क्रिकेटले चिनाएको बताउँदै बैंकको सहयोगले आगामी दिनमा अगाडि बढ्न हौसला पुगेको बताए । राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेलले देशको लागि खेल्ने आफ्नो सपना सबै नेपालीको सपना रहेको भन्दै त्यो सपना पूरा गर्न पाएकोमा खुशी लागेको बताए ।

By ekhel