ब्राइटन युरोपा लिगमा छनोट

Byekhel

११ जेष्ठ २०८०, बिहीबार ११ जेष्ठ २०८०, बिहीबार ११ जेष्ठ २०८०, बिहीबार

काठमाडौं – जुलियो एनसिसोको सानदार गोलमा च्याम्पियन म्यानचेष्टर सिटीसँग १-१ को बराबरी खेल्दै ब्राइटन अर्को सिजनको युरोपा लिगमा छनोट भएको छ । प्रिमियर लिगमा बुधबार राति भएको खेलमा ब्राइटनले घरेलु मैदानमा पुनरागमन गर्दै बराबरी गरेको हो । ब्राइटनले सिटीको लगातार १२ खेलको जितमा पनि ब्रेक लगाएको छ ।

प्रिमियर लिग उपाधि जितिसकेको सिटी एफए कप र च्याम्पियन्स लिगको पनि फाइनलमा पुगेको छ । फिल फोडेनले २५औं मिनेटमा गोल गर्दै च्याम्पियन सिटीलाई अग्रता दिलाएका थिए । तर एनसिसोले ३८औं मिनेटमा बराबरी गोल गरे । यस बराबरीपछि ब्राइटनको ३७ खेलबाट ६२ अंक भएको छ र शीर्ष ६ मा रहन उसका लागि यो अंक पर्याप्त हुनेछ । सातौं स्थानको एस्टन भिल्लाको ३७ खेलबाट ५८ अंक छ ।

By ekhel