खुमलटारलाई हराउँदै पुलिस सातौं स्थानमा उक्लियो

Byekhel

१३ जेष्ठ २०८०, शनिबार १३ जेष्ठ २०८०, शनिबार १३ जेष्ठ २०८०, शनिबार

काठमाडौं – रेलिगेसन जोनमा रहेको एफसी खुमलटारमाथि २–० को जित निकाल्दै विभागीय टोली नेपाल पुलिस जारी शहीद स्मारक ए डिभिजन लिग फुटबलको सातौ स्थानमा उक्लेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको खेलमा पुलिसलाई जित दिलाउन भरत शाह र मोहमद आसिकले गरे ।

प्रतिष्पर्धात्मक बनेको खेलमा दुवै टोलीले पहिलो हाफमा गोल रहित बराबरी खेलेका थिए । तर दोस्रो हाफमा भने पुलिस आक्रामक रणनीतिका साथ उत्रियो । सो क्रममा खेलको ७६ औं भरतको गोलमार्फत पुलिसले अग्रता लिएको थियो ।भरतले रविशंकर पासवानको कर्नमा जो आइडुले हेड गर्दा प्राप्त बललाई हेतमार्फत नै पोस्टको दिशा दिएका थिए ।

त्यसपछि ८८ औं मिनेटमा आसिकले गोल गर्दै पुलिसलाई २–० को जित दिलाए र बाँकी समयमा थप गोल हुन सकेन । पहिलो भेटमा पुलिस ३–१ ले विजयी भएको थियो । जितसँगै २१ खेलमा २८ अंक जोडेको पुलिस सातौं स्थानमा उक्लिएको छ । पराजय ब्यहोरेको खुमलटार समान खेलबाट २१ अंकका साथ पुछारमा छ ।

By ekhel