थ्री स्टार क्लबलाई १–० ले हराउँदै मनाङले पछिल्ला सात खेलपछि पहिलो जित

Byekhel

१५ जेष्ठ २०८०, सोमबार १५ जेष्ठ २०८०, सोमबार १५ जेष्ठ २०८०, सोमबार

काठमाडौं – शहीद स्मारक ए डिभिजन लिगमा ललितपुरे टोली थ्री स्टार क्लबलाई १–० ले हराउँदै मनाङले पछिल्ला सात खेलपछि पहिलो जित हात पारेको छ । मनाङले पछिल्लो पटक १४ औं चरणमा विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लवलाई १–० ले पराजित गरेको थियो ।

एन्फा कम्लेक्स सातदोबाटोमा आइतबारको प्रतिष्पर्धात्मक खेलमा मनाङका चेतनकुमार थारुले ३८ औं मिनेटमा गरेको गोल निर्णायक भएको हो । पहिलो हाफमा अग्रता सुम्पिएको थ्री स्टारले दोस्रो हाफमा खेलमा फर्किन निकै संघर्ष गरे पनि सफल हुन सकेन र अंक सुम्पिन बाध्य बन्यो ।

यससँगै थ्री स्टारले पछिल्ला चार खेलमा लगातार चौथो हार व्यहोरेको छ ।जितसँगै मनाङ २२ खेलबाट २८ अंक जोड्दै दशौं स्थानमा उक्लिएको छ । लगातार ११ खेलमा जितविहीन थ्री स्टार समान खेलबाट २६ अंकका साथ ११ औं स्थानमा झरेको छ ।

By ekhel