काठमाडौं – काठमाडौंमा भएको काभा वुमन्स भलिबल च्यालेन्ज कपको उपाधि भारतले जितेको छ । दशरथ रंगशालास्थित कभर्ड हलमा भएको खेलमा काजाकस्तानलाई सोझो सेटमा ३-० ले हराउँदै भारतले उपाधि जितेको हो ।काजाकस्तानमाथि एकपक्षीय प्रदर्शन गरेको भारतले पहिलो सेट २५–१५ ले आफ्नो पक्षमा पारेको थियो ।
पहिलो सेटमा निकालेको जितसँगै उच्च मनोबलका साथ प्रदर्शन गरेको भारतले दोस्रो सेटमा २५–२२ र तेस्रो सेटमा २५–१८ को नजिता निकाल्दै उपाधि उचाल्न सफल भएको हो । प्रतियोगितामा अपराजित रहेको काजाकस्तान फाइनलमा भारतसित पराजित भयो । सेन्ट्रल एसियाका दुई बलिया टिम भारत र काजाकस्तानले यसअघिको दुई संस्करण खेलेका थिएनन् । डेब्यु प्रतियोगितामै फाइनलमा पुगेको भारतले उपाधि उचालेको हो ।