काठमाडौं – शुक्रबार सुरु हुने हिमालयन बैंक गल्फ प्रतियोगिताको तयारी पूरा भएको छ। भोलि शुक्रबार सुरु हुने प्रतियोगिता रोयल नेपाल गल्फ क्लब (आरएनजिसी) मा शनिबार सम्म चल्नेछ। दुई दिन चल्ने प्रतियोगितामा बढीमा १ सय २५ खेलाडी सहभागी हुने हिमालय बैंकका चिफ मेनेजर समिर आचार्यले जानकारी दिए। प्रतियोगितामा महिला, पुरुष, ग्रस, सिनियर, सुपर सिनियर, ग्रस, हिमालयन बैंक ग्राहक, जुनियर लगायतका विधामा स्पर्धा हुनेछ।
प्रतियोगितामा २० वटा विधामा खेलाडीहरुलाई पुरस्कृत गरिनेछ। बैंकको ३० औं बार्षिकोत्सबको हवसरमा हुने स्पर्धामा ३० औं स्थान प्राप्त गर्ने खेलाडीलाई पनि पुरस्कृत गरिनेछ। ३÷४ ह्यान्डीक्यापका आधारमा प्रतियोगिताको पहिलो दिन ६० र अन्य खेलाडीले शनिबार स्पर्धा गर्ने हिमालयन बैंकका चिफ मेनेजर जयन्द्र विक्रम शाहले बताए।