काठमाडौं – आइतबार हुने ११औं एनएसए कप पौडी प्रतियोगिताको तयारी पूरा भएको छ। नेपाल पौडी संघले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिता आइतबार र सोमबार हुने जानकारी दिएको हो। प्रतियोगिता ललितपुरको सातदोवाटोस्थित अन्तराष्ट्रिय पौडी परिसरको ५० मिटर पुलमा हुने आयोजकले जनाएको छ।
प्रतियोगितामा १ सय ७० पुरुष ९० जना महिला गरी २६० प्रतिस्पर्धीले स्पर्धा गर्ने संघका अध्यक्ष अशोक ब्रजाचार्यले जानकारी दिए। यो प्रतियोगिताबाट चीनको होन्जाउमा हुने १९ औं एशियाली खेलकुद अन्तर्गत पौडी प्रतियोगिताका लागि २ पुरुष र २ महिला तथा १ पुरुष र १ महिला वैकल्पिक खेलाडीहरुको अन्तिम छनौट साथै पेरिश ओलम्पिक अन्तर्गत जापानको फुकुहवा शहरमा हुने छनौट राउण्डको रुपमा वल्ड एक्वाईटिक चेम्पियनसिपको लागी २ पुरुष र २ महिला तथा १ पुरुष र १ महिला वैकल्पिक खेलाडीहरुको अन्तिम छनोट गरिने छ।
प्रतियोगिताको उत्कृष्ट एक महिला र पूरुषकालाई जनही १० हजार रुपैयाँ प्रदान गरिने छ। सबै उमेर समूहका खेलाडीहलाई जनही ३ हजारले पनि सम्मान गर्ने संघले जनाएको छ। प्रतियोगिता सम्पन्न गर्न करिव ७ लाख ५० हजार रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ।