मलेसियालाई २७ रनले हराउँदै नेपालले पाँच खेलको टी–२० सिरिजमा २–१ को अग्रता

Byekhel

१९ जेष्ठ २०८०, शुक्रबार १९ जेष्ठ २०८०, शुक्रबार १९ जेष्ठ २०८०, शुक्रबार

काठमाडौं – घरेलु टोली मलेसियालाई २७ रनले हराउँदै नेपालले पाँच खेलको टी–२० सिरिजमा २–१ को अग्रता बनाएको छ। बिहीबार भएको खेलमा नेपालले घरेलु मलेसियामाथि दोस्रो जित निकाल्दै सिरिजमा अग्रता बनाएको हो। पहिलो खेलमा ५ विकेटले पराजित भएको नेपालले दोस्रो खेलमा ७ विकेटको जित निकाल्दै सिरिज १–१ को बराबरी गरेको थियो।

नेपालले चौथो खेल शनिबार र पाँचौं तथा अन्तिा खेल आइतबार खेल्ने तालिका छ। नेपालले दिएको १ सय ११ रनको लक्ष्य पछ्याएको मलेसियाले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा ८३ रन मात्र बनाउन सक्यो। मलेसियाका महिराह इजाती इस्माली ४४ रनमा नटआउट रहिन्।

ओपनर विनीफ्रेड आनी दुराईसिंघमले २० रन थपिन्। नेपालकी इन्दु बर्मा, सीता राना मगर र कविता कुँवरले समान एक विकेट लिए। त्यसअघि मलेसियाको बांगीमा टस पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय १० रनको योगफल तयार पारेको थियो।

नेपालका लागि कप्तान रुविना क्षेत्री बेलबासेले २७ रनको योगदान दिइन्। दोस्रो विकेटका लागि सीताराना मगर र ज्योति पाण्डेले ३५ रनको साझेदारी गरे। ज्योति २४ बलमा ३ चौकासहित २३ रनमा क्याच आउट भइन्। सीता ३५ बलमा २१ रन बनाउँदै क्याच आउट भइन्।

By ekhel