काठमाडौं – महिला टी–२० क्रिकेट प्रतियोगितामा आज नेपाल र मलेसिया बिच प्रतिस्पर्धा हुँदैछ । महिला टी–२० को अन्तिम शृङ्खलामा आज पुनः नेपाल जीतका लागि मलेसियासँग भिड्न लागेको हो । यसअघि खेलमा नेपालले दुई खेलमा जीत तथा दुई खेलमा पराजय भोग्नु परेको थियो । पहिलो र चौथो खेलमा पराजय भोगेको नेपालले दोस्रो र तेस्रो शृङ्खलामा भने विजय हासिल गरेको थियो ।
मलेसियामा जारी द्वि देशीय शृङ्खलाको शनिबार बिहान भएको खेलमा नेपालले दिएको ९७ रनको लक्ष्य मलेसियाले ६ विकेटको क्षतिमा पूरा गरेर चौथो शृङ्खलामा विजेता बने पछि नेपाल–मलेसियाका जीत हार बराबर बन्न पुगेको छ । आज हुने खेलमा दुवै देश विजयका लागि मैदानमा उत्रने छन् ।