यू-२० महिला एसिया कप छनोटः नेपाल चीनसँग ५–० ले पराजित

Byekhel

२६ जेष्ठ २०८०, शुक्रबार २६ जेष्ठ २०८०, शुक्रबार २६ जेष्ठ २०८०, शुक्रबार

काठमाडौं – एएफसी यू–२० महिला एसिया कप छनोट दोस्रो चरणको आफ्नो दोस्रो खेलमा नेपाल टिम बलियो प्रतिस्पर्धी चीनसँग ५–० ले पराजित भएको छ । समूह बी मा लगातार दोस्रो हारपछि नेपाल बाहिरिएको छ । यसअघि नेपाल घरेलु टोली म्यानमारसँग पनि ५–० कै नतिजामा हारेको थियो ।

यानगोनस्थित थुवुन्ना रंगशालामा भएको खेलमा चीनका लागि ओयुयाङ युहयानले १६औं, हुवा युएछिनले २६औं, यिन लिहोङ र लु जुहयुले पहिलो हाफको इन्जुरी टाइममा गोल गरे । यस्तै यु जियकीले ८९औं मिनेटमा गोल एक गोल थपिन् ।

समूह बी मा लगातार दुई जितसहित चीन शीर्ष स्थानमा छ भने नेपाल दुई हारपछि अंकविहीन छ । नेपालका प्रशिक्षक याम प्रसाद गुरुङले बलियो टोली चीनविरुद्ध आफ्ना खेलाडीको प्रदर्शनबाट सन्तुष्ट रहेको बताए । दोस्रो चरणमा कूल ८ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । दुवै समूहको शीर्ष २–२ टोली एएफसी यू–२० महिला एसिया कपमा छनोट हुनेछन् ।

By ekhel