काठमाडौं – माल्दिभ्समा भइरहेको फाइभ नेसन्स पुरुष बास्केटबल च्याम्पियनसिपमा नेपालले पाकिस्तानलाई हराएर पहिलो जित हात पारेको छ । माल्दिभ्समा बिहीबार भएको खेलमा नेपालले पाकिस्तानलाई ६६-६२ ले पराजित गरेको हो । सुरुवातदेखि नै पछि परेको नेपालले हाफटाइमपछि पुनरागमन गर्दै जित निकाल्यो । पहिलो खेलमा भुटानसँग पराजित भएको नेपालले पाकिस्तानलाई हराएसँगै सेमिफाइनल पुग्ने सम्भावना कायम राखेको छ ।
पाकिस्तानमाथिको जितलाई नेपालका सहायक प्रशिक्षक नृपेश श्रेष्ठले नेपालको लागि यो महत्वपूर्ण जित भएको प्रतिक्रिया दिएका छन् । यो जितले टिममा बुस्ट भएको र आगामी दिनमा अझ बलियो भएर आउने बताए । पाँच टोली सहभागि च्याम्पियनसिपमा लिग चरणको खेलपछि शीर्ष चार टिम सेमिफाइनल पुग्नेछन् । नेपालले आफ्नो तेस्रो खेल शनिबार बंगलादेशसँग खेल्नेछ भने लिगको अन्तिम खेल आइतबार घरेलु टोली माल्दिभ्ससँग खेल्नेछ ।