एसियन क्रिकेट काउन्सील एसीसीले एसिया कप २०२३ को मित र स्थान घोषणा

Byekhel

१ असार २०८०, शुक्रबार १ असार २०८०, शुक्रबार १ असार २०८०, शुक्रबार

काठमाडौं – एसियन क्रिकेट काउन्सील एसीसीले एसिया कप २०२३ को मित र स्थान घोषणा गरेको छ । जसअनुसार एसिया कप अगष्ट ३१ देखि सेप्टेम्बर १७ सम्म पाकिस्तान र श्रीलंकामा हाइब्रिड मोडलमा आयोजना हुनेछ । प्रतियोगितामा एसियाका पाँच टेष्ट राष्ट्र र नेपालसहित ६ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् र कूल १३ खेल हुनेछ । त्यसमध्ये पाकिस्तानमा ४ खेल हुनेछ भने बाँकी ९ खेल श्रीलंकामा खेलाइने एसीसीले जनाएको छ ।

प्रतियोगितामा सहभागी ६ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । भारत र पाकिस्तानसँगै नेपाल समूह ए मा छ । श्रीलंका, बंगलादेश र अफगानिस्तान समूह बी मा छन् । नेपाल एसीसी प्रिमियर कपको विजेता बन्दै एसिया कपमा छनोट भएको हो ।

नेपालले इतिहासमा पहिलो पटक एसिया कप खेल्दैछ त्यसमा पनि विश्व क्रिकेटका दुई ठूला शक्ति भारत र पाकिस्तानसँग समूह चरणमै खेल्नेछ । सुरुमा पाकिस्तानमा हुने भएको एसिया कप पछि भारत र पाकिस्तानको विवादमा कारण अन्योमा परेको थियो ।

भारत पाकिस्तानमा गएर खेल्न नमान्ने र पाकिस्तान पनि आयोजना बाट पछि नहट्ने दावी गरेपछि हाईब्रिड मोडबलमा प्रतियोगिता हुन लागेको हो । भारतको सबै खेल श्रीलंकामा हुनेछ । नेपालले भने पाकिस्तानसँग पाकिस्तानमा खेल्न र भारतसँग श्रीलंकामा खेल्नेछ ।

By ekhel