काठमाडौं – कीर्गिस्तानको बिस्केकमा सुरु भएको काभा पुरुष भलिबल नेसन्स लिगमा नेपाल पहिलो खेलमै मंगोलियासँग पराजित भएको छ । बिस्केकस्थित चोल्फन-अतामा रहेको स्पोर्ट्स एण्ड रिक्रिएसन कमप्लेक्स गाज्प्रोममा भएको खेलमा नेपाल मंगोलियासँग ३-१ सेटमा पराजित भएको हो ।
मंगोलियाले नेपाललाई २५-१९, २५-२०, २५-२७ , २५ -२० ले हराएको हो । नेपालले सन् २०१८ को एसियन गेम्समा मंगोलियालाई ३-१ को सेटमा हराएको थियो । तर पाँच वर्षपछि पेरि भेट हुँदा भने मंगोलियाले नेपालसँग त्यो हारको बदला लियो ।
नेपालले नयाँ कप्तान हरि हजुरको नेतृत्वमा पहिलो पटक अन्तर्राष्ट्रिय खेल खेलेको हो । मंगोलिया विरुद्ध नेपालका हेमन्त मल्ल र भीम गाहा मगरले डेब्यु गरे । काभा नेसन्स लिगमा नेपालले सोमबार घरेलु टोली कीर्गिस्तानसँग खेल्ने।