१९औं एसियाली खेलकुदका लागि बक्सिङमा ६ महिला र ७ पुरुष गरी कूल १३ खेलाडी छनोट

Byekhel

४ असार २०८०, सोमबार ४ असार २०८०, सोमबार ४ असार २०८०, सोमबार

काठमाडौं – चीनमा हुने १९औं एसियाली खेलकुदका लागि बक्सिङमा ६ महिला र ७ पुरुष गरी कूल १३ खेलाडी छनोट भएका छन् । छनोट हुनेमा सुष्मा तामाङ, मीन गुरुङ, चन्द्रकला थापा, संगिता सुनार, विनिता थापा मगर र सरस्वती राना मगर छन् ।

यस्तै रविन थापा, बुद्ध ग्याम्जो लामा, भूपेन्द्र थापा मगर, दिपेश लामा, दीपक श्रेष्ठ, दीपक सुनवार र आशिष दवाडी छनोट भएका छन् । फ्लाई वेट ५० किलो महिला तौल समूहअन्तर्गत आज आइतबार भएको खेलमा नक्साल बक्सिङ्ग क्लबका सुस्मा तामाङ्गले यचटुओका अस्मिता दुवाललाई स्पिलट डिसिजन ५-२ को आधारमा पराजित गरिन् ।

५४ किलो तौल समूह महिलातर्फ आर्मीकी मीनु गुरुङ्गले बक्समाण्डुकी अन्जली तेलीलाई ४-१ को आधारमा पराजित गरिन् । महिला ५७ किलो तौल समूहमा आर्मीकी चन्द्रकला थापाले नेपाल प्रहरी निशा तामाङलाई युनानिमस ५-० को आधारमा पराजित गरिन् ।

६० किलो महिलातर्फ वाक ओभरको आधारमा एपीएफकी संगिता सुनारले आर्मीकी बर्षा श्रेष्ठलाई पराजित गरिन् भने महिला ६६ किलो तौल समूहमा एपीएफका विनिता थापा मगरले आर्मीकी निरु गुरुङ्गलाई ५-० को युनानिमस डिसिजनको आधारमा पराजित गरे ।

महिला ७५ केजीमा एपीएफकी सरस्वती राना मगरले एपीएफकी मनिता राईलाई पराजित गरिन् । पुरुषतर्फ ५१ किलो तौल समूहमा यचटुओका रविन थापाले नेपाल प्रहरीका चन्द्रबहादुर थापालाई स्प्लिट डिसिजन ५:२ को आधारमा पराजित गरिन् । पुरुषतर्फ ५७ किलो तौल समूहमा एचटुओका बुद्ध ग्याम्जो लामाले ४-१ को स्प्लिट डिसिजनको आधारमा बोसिगाउँ क्लबका सुलभ मालीलाई पराजित गरे ।

पुरुष ६३.५ किलो तौल समूहमा जेनेक्सका मौसम राना मगरलाई ५-० अंकको आधारमा नेपाल प्रहरीका खेलाडी भूपेन्द्र थापा मगरले जीत हासिल गरे । भूपेन्द्र १३ औं दक्षिण एशियाली खेलकुदका स्वर्ण पदक विजेता खेलाडी हुन् । पुरुष ७१ किलो तौल समूहमा आर्मीका दिपेश लामाले ४-१ अंकको आधारमा सुदूरपश्चिमका खेलाडी भरत चन्दलाई पराजित गरे ।

पुरुष ८० किलो तौल समूहमा आर्मीका दिपक श्रेष्ठले बक्समाण्डुका मनोज तामाङ्गलाई वाक ओभरको आधारमा पराजित गरे । पुरुष ९२ किलो तौल समूहमा गण्डकीका दिपक सुनवारले ४-० को अंकको आधारमा एपीएफका रविन नेपाललाई पराजित गरे । ९२ प्लस किलो तौल समूहमा आर्मीका आशिश दवाडी छनोट भए ।

By ekhel