इंग्लिस क्लब चेल्सीले सेनेगलका फर्वाड निकोलस ज्याक्सनलाई अनुबन्ध

Byekhel

१७ असार २०८०, आईतवार १७ असार २०८०, आईतवार १७ असार २०८०, आईतवार

काठमाडौं – इंग्लिस क्लब चेल्सीले सेनेगलका फर्वाड निकोलस ज्याक्सनलाई अनुबन्ध गरेको छ । भियालियनबाट व्यवसायिक फुटबल खेलिरहेका २२ वर्षीय ज्याक्सनसँग क्लबले ८ वर्षका लागि सम्झौता गरेको छ । गत सिजन ला लिगामा उनले ३८ वटै खेल खेल्दा १३ गोल गरेका थिए, जसमध्ये ९ गोल अन्तिम ८ खेलमा भएको थियो ।

चेल्सीले नयाँ सिजनका लागि लाइपजिगबाट क्रिस्टोफर एनकुन्कुलाई पनि अनुबन्ध गरिसकेको छ । प्रशिक्षक मौरिसियो पोचेचिनो नयाँ सिजनका लागि टिम पुनर्गठनको प्रक्रियामा छन् । चेल्सीले जर्मन फवार्ड काई हाभर्टस आर्सनललाई बेच्यो भने क्रोएसियाका मिडफिल्डर माटेओ कोवाचिच म्यानचेष्टर सिटीमा गएका छन् । रुबेन लफ्टस चेक लोनमा एसी मिलान जाँदा गोलरक्षक मेन्डी र कुलबाली, कान्टे साउदीको क्लबमा अनुबन्ध भएका छन् भने विंगर हकिम जियास पनि साउदी अरबको क्लबसँग सम्पर्कमा छन्

By ekhel