भारत नवौं पटक साफ च्याम्पियन

Byekhel

२० असार २०८०, बुधबार २० असार २०८०, बुधबार २० असार २०८०, बुधबार

गोलकिपर गुरप्रित सिंह सन्धु नायक बन्दै कुवेतका कप्तान खालेद हजिएहको पेनाल्टी प्रहार रोकेपछि भारतले साफ च्याम्पियनसिप २०२३ को उपाधि जितेको छ । मंगलबार भएको फाइनलमा भारतले आमन्त्रित टोली कुवेतलाई सडनडेथमा हराउँदै कीर्तिमानी नवौँ पटक साफ च्याम्पियनसिपको उपाधि जितेको हो ।

बेंग्लोरस्थित श्री कान्तिराव स्टेडियममा निर्धारित ९० मिनेट र थप गरिएको ३० मिनेटको अतिरिक्त समयमको खेल १-१ को बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको हो । सुरुमा ५-५ पेनाल्टी प्रहार गरिएकोमा दुवै टोलीले ४-४ पेनाल्टी गोलमा परिणत गरे । जहाँ भारत कप्तान सुनिल क्षेत्री, सन्देश जिन्गन, लालिएन्जुअला चाङ्ग्टे र सुबासिस बोसले गोल गरे । भारतका उदान्त सिंह पेनाल्टीमा चुके ।

कुवेतका फवाज अलओताइबी, अहमद अल्धेफेरी, अब्दुलजिज महरान र सबाइब अलखाल्दीले गोल गरे भने मोहम्मद अब्दुलल्ह गोल गर्न सकेनन् । त्यसपछि सडनडेथमा भारतका लागि महेश सिंहले पेनाल्टीमा गोल गर्दै अग्रता दिलाए । अनि गोलकिपर गुरप्रितले कुवेतका कप्तान खालेद अजिएहको अन्तिम पेनाल्टी प्रहार बचाएपछि भारत विजयी भएको हो ।

भारत घरेलु मैदानमा अपराजित रहँदै च्याम्पियन बनेको हो । यसअघि समूह चरणमा भारतले कुवेतले १-१ को बराबरी खेलेका थिए । सेमिफाइनलमा भारतले अर्को आमन्त्रित टोली लेबनानलाई पेनाल्टीसुटआउटमा हराएको थियो ।

By ekhel