बंगलादेशी ब्याटर तमिम इकवालले एक दिनपछि नै आफ्नो सन्यास फिर्ता लिए

Byekhel

२३ असार २०८०, शनिबार २३ असार २०८०, शनिबार २३ असार २०८०, शनिबार

काठमाडौं – बंगलादेशी ब्याटर तमिम इकवालले एक दिनपछि नै आफ्नो सन्यास फिर्ता लिएका छन् । शुक्रबार प्रधानमन्त्री शेख हसिनालाई भेटेपछि तमिमले सन्यास फिर्ता लिएका हुन् । उनले अफगानिस्तान विरुद्धको ओडीआई शृंखलाको पहिलो खेलमा हार बेहोरेपछि बिहीबार आकस्मिक रुपमा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेका थिए ।

आफूले सबैलाई अस्वीकार गर्न सक्ने तर प्रधानमन्त्रीलाई अस्वीकार गर्न नसक्ने बताउँदै तमिमले सन्यास फिर्ता लिएको बताएका छन् । प्रधानमन्त्री हसिनासँगको भेटमा तमीमको साथमा बंगलादेश क्रिकेट बोर्डका अध्यक्ष नजमुल हसन तथा पूर्व कप्तान मशरफे बिन मुर्तजा पनि सामेल थिए । विश्वकप क्रिकेट सुरु हुन ३ महिना अघि अनुभवी क्रिकेटरले सन्यास लिए पछि बंगलादेशी क्रिकेट टिम चिन्तामा थियो ।

By ekhel