विश्वकप छनोटको ‘टिम अफ दि टुर्नामेन्ट’ सार्वजनिक

Byekhel

२६ असार २०८०, मंगलवार २६ असार २०८०, मंगलवार २६ असार २०८०, मंगलवार

काठमाडौं । जिम्बाव्वेमा सम्पन्न आईसीसी क्रिकेट विश्वकप छनोटको ‘टिम अफ दि टुर्नामेन्ट’ सार्वजनिक भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले सोमबार सार्वजनिक गरेको ‘टिम अफ दि टुर्नामेन्ट’मा च्याम्पियन श्रीलंका र उपविजेता नेदरल्याण्ड्सबाट तीन-तीन खेलाडी समावेश छन् ।

श्रीलंका र नेदरल्याण्डस शीर्ष दुईमा रहेर आगामी अक्टोबर-नोभेम्बरमा भारतमा हुने एकदिवसीय विश्वकपमा स्थान बनाउन सफल भएका थिए । श्रीलंकाबाट ओपनर पथुम निसान्का, वानिन्दु हसरंगा र महिश थिक्शाना तथा नेदरल्याण्ड्सबाट विक्रमजित सिंह, कप्तान स्कट एडवार्ड्स र बास डे लिड समावेश छन् ।

श्रीलंकाका हसरंगाले सर्वाधिक २२ र थिक्सनाले २१ विकेट लिएका थिए । बास डे लिड सर्वाधिक विकेट लिनेमा तेस्रो स्थानमा रहे । निसन्का सर्वाधिक रन बनाउनेमा दोस्रो स्थानमा थिए । यस्तै घरेलु टोली जिम्बाव्वेबाट पनि तीन खेलाडी नै अटाएका छन् । छनोटमा चौथो भएको जिम्बाव्वेमा सिन विलियम्स, सिकन्दर राजा र रिचर्ड एनगाभाराले ‘टिम अफ दि टुर्नामेन्ट’ मा स्थान बनाएका छन् ।

सिन विलियम्सले छनोटमा सर्वाधिक ६०० रन बनाएका थिए । यस्तै तेस्रो भएको स्कटल्याण्डका ब्रान्डन म्याकमुलेन र क्रिस सोल पनि ‘टिम अफ दि टुर्नामेन्ट’ मा अटाए ।

By ekhel